आज तेस्कै सम्झनामा। अन्तिम सुक्रबार

PART I: WRITTEN ON 6th August, 1990

आज तेस्कै सम्झनामा। अन्तिम सुक्रबार
त्यो दिन अझै मलाई याद छ। आज म त्यो दिनलाई अन्तिम सुक्रबारको नाम दिन्छु। त्यो दिन उ ओर्लियो कोटीको सडकमा। कालो शिशा भएको पहेलो बसबाट। बिच सडकमा कुद्दै गरेको हैदराबादी बसबाट ओर्लिएकोले उ हतार हतार गरेर बाटोको साइड लाग्यो। हुन पनि कती हर्न बजाका हुन है राडा राडी ले त्यो कोटिको जङ्सन्मा प्य प्या प्या एकोहोरो

उ दौडदै छेउ लाग्यो आन्ध्रा बैंकको साइडतिर। अनी लुरु लुरु हिणिरह्यो बाटोको छेवै छेउ
उ असाध्यै छिटो हिन्छ मानौ उ असाध्यै हतार मा छ। बिस्तारै त हिन्नै जान्दैन उ। जब हिन्छ उ कोटिको सडकमा आज त्यसरी उ त्यसरी नै हिड्दै छ। दाँया बाँया कतै नहेरी र केही नसुनी।

एकमन ता बोलाउ की जस्तो लाग्यो उस्लाई तर बोलाइन के सुन्दो होला र भनेर। तेसै त मान्छे नै एस्तो छ कि उ हतार मा छ भने उ ता हत्तपत्ती कसैलाई हेर्दा पनि हेर्दैन र चिन्दा पनि चिन्दैन।

फेरी अस्ती हाम्रो कोठामा केटाहरुको चिया धेरै थोरै भएको नाथे कुरोमा झगडा भये पछी ता उस्ले म सग पटक्कै कुरा गर्नै छोडेकोछ। उ भन्छ रे त्यो झगडामा मैले कुनाल लाई सप्पोर्ट् गरे रे। नाथे झुशी कुरामा पनि के झगडा गर्न जानेका हुन केटा हरुले।

मलाई याद छ। त्यो केटो हैदराबाद आउँदा कस्तो थियो। उमेर मा उ म भन्दा जेठो भयेपनि मलाई दाजु भन्थ्यो अनी मैले पनि उस्लाई भाई नै जस्तो मानेको थिए। तर आज सम्झन्छु ति अतित का दिन हरु लाई।।।।।।

एक्छीन सम्म हेरीरहे उस्लाई केही पर पुगुन्जेल तर त्य्स पस्चात् त्यो मानब सागर मा हरायो। म पनि वोमन कलेज को साइड नै साइड लागेर अफ्जाल्गन्ज हुँदै चारमिनार तर्फ लागे नमाज पढ्न भनेर. फेरी आफ्रीन लाई पनि त भेट्नु पर्नेथ्यो।।। लागे हतार हतार गरेर।

त्यो अन्तिम दिनथियो। त्य्सपछी उस्लाई मैले कहिले पनि देखिन. न ता सुने नै उस्को बारेमा। हिजो बेलुका फर्बिसगन्ज मा भेट भयो मेरो नवलपरासी का पुराना मित्र रामरोशन जि सग। राम रोशन जि भन्दै थिए उ अहिले सिक्किम मा छ रे। सोच्छु के गर्दै होला त्यो केटो। आज तेस्कै सम्झनामा। 

PART II: Written on 10th August, 1991 and added some postscript on 10th August, 2010
मेरो माथिको सत्यता मा आधारित् छोटो निबन्धलाई लिएर धेरै धम्कियुक्त कल र ईमेल हरु प्राप्त भएका छन। साथै धेरै जना साथी हरुको जिज्ञासा ले भरिएको मेल हरु पनि प्राप्त भएका छन। मुख्यता ति मेल हरु को बिषयबस्तु यो निब्न्ध कस्को बारेमा लेखिएको हो भन्ने मा आधारित् छ। साथी हरुको तिनै जिज्ञासा शान्त पार्न यो दुई चार शब्द थपेको छु। 

कुरो तेस्तै सन १९९० को हो। म हैदराबाद्को मौलाना आजाद उर्दु विश्वाबिद्यालयमा हिन्दी साहित्यमा एमए गर्दै थिए। त्य्स बखत हामी धेरै साथी हरु सगै बस्थीउ। केही साथी हरु जस्लाई म सम्झन्छु ति जमाना का- तिनिहरु थिए सौरभ ज्ञानी भट्ट ‘हावा’ , अमिताव चौधरी, आमुल्चन्द्र टपोरी, अशोक चभ्हन, बिशेष ‘स्वदेशी’ बिदेश पुरी, दिपक ‘किपर’ यादव,सुजित वीर बिक्रम शाह, सुनिल थापा कुमार चौधरी, कुनाल मुनाल शाह तेली, दिपक तेली शाह, ब्रोजेश कुमार ‘जी’ भित्र, राम रोशन ‘मनविलास’ शाह, र पवन्कुमार चाम्लिङ आदी। धेरै को ता नाम पनि भुली सके। 

म १९९० मा एमए को दोश्रो बर्ष मा थिए। तेस बखत साथी हरु को बिच्मा सामान्य मन मुटाव र झगडा भै नै रहन्थ्यो – झगडा हुनुका मुल कारण हरु टाइम मा खाना नबनाउनु, आफ्नो पालोमा खाना नबनाउनु, साथीको पैसा लगेर समयमा फिर्ता नगरनु, केटी लाई लिएर फिल्म हेर्न जान पैसा हुनु तर साथी लाई तिर्न नहुनु र तेस्ताइ चिया धेरै थोरै हुनु आदी थिए। 

मैले माथिको निबन्ध १९९० मा जब पवन्कुमार चाम्लिङ लाई देखे तेसै बखत लेखेको हो। तर यो मेरो पुरानो डैरी मै लुकेको थियो। १९९१ मा बनारस फर्किए। हिन्दी मा बनारस हिन्दू विश्वाबिद्यालय बाट पिआच्डी (बिध्यबरिधी) गर्ने मौका पाएर। तेस बखत मूगलसरए मा भएको पचासौ हिन्दी भाषा सम्मेलन मा भाग लिने क्रम हुँदै रिसर्च को लागि फर्बिस्गन्ज जादा मेरो राम रोशन ‘मनविलास’ शाह सग भेट भएको हो। उहाले नै मलाई पवन्कुमार सिक्किम गयो भनेर सुनाउनु भयो।

मैले १९९३ मा मेरो बिद्यावारीधी समाप्त भये पस्चात सिमला बाट प्रकासीत हुने ‘दल्हौजी केसरी’ भन्ने हिन्दी पत्रीका को सम्पादक भएर काम गर्ने मौका पाए। सन २००० सम्म तेसै पत्रीकामा काम गरे पछि सरकार द्वारा मलाई सन २००० मा चन्दिगढ मा खुलेको राष्ट्रिय हिन्दी विश्वाबिद्यालय को डिनमा नियुक्ती गरीयो। आज सन २०१० मा सो विश्वाबिधयलय ले १० बर्ष पुरा गरेको खुशीमा हामीले ‘पठानकोट जर्नल’ निकालेका छौ। तेही जर्नल बाट केही अंश माथि प्रस्तुत गरिएको छ। 
यो कुरा याद रहोस् कि यो निबन्ध मा भएका सबै ब्यक्ती को नाम जिवित ब्यक्ती हरुको हो। यो नाम कसै सग मिल्न ठ्यक्कै मिल्न गएमा 
सम्योग मानिने छैन। तर यि नामहरु कसैको नाम सग नमिलेको तर सुने जस्तो जस्तो अथवा मिले मिले जस्तो लगेमा केवल सम्योग मात्रै हुनेछ। यो लघु निबन्ध पहिले हिन्दी मा ‘पठानकोट जर्नल’मा प्रकासित् भएको हो। यस्लाई नेपाली मा अनुवाद गर्न सहयोग गर्ने मेरी पिए तिखी ‘कुमारी’ सिँघ बहिनी धन्यवादकी पात्र छीन।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s